नेकपा एकीकृत समाजवादी सल्यानको शपथ ग्रहण सम्पन्न

सल्यान २, मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानको जिल्ला कमिटीको सपथ ग्रहण तथा प्रथम बैठक सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी स्थापना भएपछि सल्यानमा गठित १ सय ३५ सदस्यीय जिल्ला कमिटीको सपथ ग्रहण बुधबार सम्पन्न भएको हो । पार्टीको जिल्ला अध्यक्षमा उदय बोहरा, उपाध्यक्षमा राम खड्की, सचीवमा रमेश गौतम र उपसचिवमा भोला केसी रहनु भएको छ ।


पार्टीका केन्द्रिय उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा सपथ ग्रहण तथा पहिलो बैठक सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज धिरेन्द्र बहादुर श्रेष्ठ, केन्द्रिय सदस्य शारदा परियार, केन्द्रिय सल्लाहकार परिषद सदस्य दामोदर शर्मा, केन्द्रिय लेखा आयोगका सदस्य राज बहादुर बुढाथोकी, प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय परिषद सदस्य हरि केसी लगाएतले बोल्नु भएको थियो ।

पार्टीका उपाध्यक्ष राम खड्कीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन सचिव रमेश गौतमले गर्नुभएको थियो । यसैबीच बैठकले जिल्ला देखी वडास्तर सम्मको कार्य बिभाजन गरिएको छ । सोही अवशरमा नेकपा एमाले बन्गाड कुपिण्डे नगरपालिका ८ का वडासचिब रुद्र बहादुर यरी समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस