व्यक्तिवादका कारण नेकपा एमाले फुटको संघारमा छ : केन्द्रिय सदस्य श्रेष्ठ

सल्यान २, मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य धिरेन्द्र बहादुर श्रेष्ठले व्यक्तिवादका कारण नेकपा एमाले फुटको संघारमा पुगेको बताउनुभएको छ । एमालेबाट बिद्रोह गरेर आफुहरुले एकीकृत समाजवादी पार्टी स्थापना गरेको बताउदैँ उहाँले एमालेमा केपि प्रबृति हावि हुदा फुटको संघारमा पुगेको बताउनुभएको हो ।

ओलीले पार्टीलाई एकलौटी ढंगबाट सञ्चालन गरिरहेको र १० बुदेँ सहमति गरेका तथा माओवादीबाट आएकाले बिद्रोह गरिरहेको उहाँको भनाई छ । बुधवार सम्पन्न पार्टीको शपथ ग्रहण तथा पहिलो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न पार्टी कार्यालय खलंगामा बिहीवार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको छ ।

पार्टीका जिल्ला सहइन्चार्ज समेत रहनुभएका श्रेष्ठले एमालेमा आन्तरिक किचलो शुरु भैसकेकाले पार्टी फुटेर सखाप हुने र एकीकृत समाजवाली पार्टी बिशाल हुने बताउनुभयो । अहिले देशभर बिभिन्न पार्टी परित्याग गरेर समाजवादीमा प्रवेश गर्नेहरुको लर्को नै लागेकाले अबको केही समय पछि माधव कुमार नेपालले नेतृत्व गरेको पार्टी बिशाल पार्टी हुने दावी गर्नुभयो ।

एकीकृत समाजवादी पार्टीले मंसिर महिना भित्र पार्टीका सबै वडाहरुमा कमिटी निर्माण र बिभिन्न भातृसंगठनको भेला गरिसक्ने निर्णय गरेको छ । बैठकले गरेका निर्णय सार्वजनिक गर्दै पार्टी सचिव रमेश गौतमले जिल्लाका दश वटै पालिका र ३८ वटामा पार्टीको कमिटी निर्माण भैसकेको जानकारी दिनुभयो ।उहाँले जिल्लाका सवै पालिकामा नेताहरुको जिम्मेवारी बाँडफाँट गरिएको र ८३ वटै वडाहरुमा इन्चार्ज तोकिएको जानकारी दिनुभयो ।

यस्तै बिभिन्न बिभागहरु पनि गठन गरेको छ । जस अन्र्तगत स्कुल बिभागको प्रमुखमा उदय बोहरा र उपप्रमुखमा दुर्गा पुन रहनुभएको छ । यस्तै आर्थिक बिभाग प्रमुखमा राम खड्की, उपप्रमुखमा निम बहादुर नेपाली, संगठन बिभाग प्रमुखमा रमेश गौतम, उपप्रमुख भोला केसी, प्रचार बिभाग प्रमुखमा रमेश गौतम, समाज कल्याण बिभाग प्रमुखमा निम बहादुर नेपाली, स्थानीय तह बिभाग प्रमुख भोला केसी लगाएतका रहनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस