सल्यान ३, मंसिर ।
सल्यानको कुपिण्डे तालमा डुवेर एक बालकको मृत्यु भएको छ । शुक्रवार कुपिण्डे तालमा लागेको मेला हेर्न गएका एक बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ८ आगरनेटाका रमेश सुनारका ८ बर्षिय छोरा राजेश सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।