सल्यान ३, मंसिर ।
सल्यानको मोखलामा हो वर्ष मेला लागेको छ । गत वर्ष कोरोना भाइरसको महामारीका कारण लाग्न नसकेको मेला यो वर्ष लागेको छ । जिल्लाको बागचौर नगरपालिकामा पर्ने मोखलामा आज धुमधामका साथ मेला लागेको हो । मोखलामा प्रत्येक बर्ष तिहार पछि आउने पहिलो पूर्णिमाका दिन मेला लाग्ने गर्दछ । मेला हेर्ने छिमेकी जिल्ला दाङ, रुकुम र रोल्पा बाट समेत मानिसहरु घुइँचो लाग्ने गर्दछ ।
मोखला मेला लाग्ने स्थान नजिकै शिव गुफा समेत रहेको छ । सल्यानको बागचौर नगरपालिकास्थित मोखला शिव गुफा कति लामो छ भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन । गुफामा भगवान शिवको मूर्ती समेत रहेको छ । सल्यानका विभिन्न ठाउँबाट मानिसहरु पूजापाठ तथा विवाहका लागि यहाँ आउने गर्दछन् । यो ठाउँमा महाशिवरात्रीको दिन पनि मानिसहरुको घुइँचो लाग्ने गर्दछ ।
हेर्नुहोस् मोखला मेलाका तस्वीर :