नेपाल पत्रकार महासंघ सल्यानको २७ औँ स्थापना दिवशका अवशरमा फलफूल वितरण

सल्यान ४, मंसिर ।
नेपाल पत्रकार महासंघ सल्यानको २७ औँ स्थापना दिवशका अवशरमा फलफूल वितरण गरिएको छ । शनिवार जिल्ला अस्पताल सल्यानमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । विगतका बर्षमा औपचारिक कार्यक्रमको आयोजना गरेर स्थापना दिवश मनाइदैँ आएको भएपनि यस बर्ष भने फलफूल वितरण गरिएको छ ।

अस्पतालमा उपचाररत झण्डै दुइ दर्जन बिरामीहरुलाई फलफूल वितरण गरिएको महासंघले जनाएको छ । सो अवशरमा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेल, सल्लाहकार प्रतिक इच्छुक शर्मा, नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश सदस्य दिपक शर्मा, महासंघका पदाधिकारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

स्थापना दिवशको अबशरमा बिरामीलाई फलफूल वितरण गरेकोमा जिल्ला अस्पताल सल्यानले महासंघलाई धन्यवाद ज्ञापन गरेको छ । सल्यानमा २०५२ साल मंसिर ४ गते पत्रकार महासंघको जिल्ला तदर्थ समिति गठन गरिएको थियो २०६४ साल मंसिर २१ गते औपचारिक रुपमा शाखाको मान्यता पाएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित