‘लैगिंक हिंसा न्युनिकरणका लागि सबै जिम्मेवार बन्नुपर्छ’

-लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान-

सल्यान ९, मंसिर ।
जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले लैगिंक हिंसा न्युनिकरणका लागि सबै निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय देशभर हिंसा पिडितहरुको संख्या बढ्दै गएको बताउदैँ उहाँले घरपरिवार तथा समाजमा हुने सबै हिंसा न्युनिकरणका लागि सबै निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभएको हो ।

प्रायः सबै हिंसाहरु घरभित्रबाट नै शुरुवात हुने र जसका कारण महिला तथा बालवालिका बढी प्रभावित हुने गरेको उहाँको भनाई छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ नाराका साथ सल्यानमा आयोजित सचेतनामुलक ¥याली पश्चात आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘हिंसा न्युनिकरणका लागि सबै निकाय जिम्मेवार बन्न आवश्यक छ, हिंसा कै कारण कयौँ महिला तथा बालवालिका मृत्युको सिकार भैरहेका छन्’ उहाँले भन्नुभयो ‘हिंसा न्युनिकरणका लागि संघ, प्रदेश र स्थानिय तह जिम्मेवार गम्भिर बन्न आवश्यक छ ।’ पछिल्लो समय महिला तथा बालवालिकासँगै पुरुषहरु पनि हिंसामा परेका घटनाहरु सार्वजनिक हुने गरेकाले हिंसा न्यूनिकरण गरेर सभ्य समाज निर्माणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने उहाँको भनाई छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले लिंगका आधारमा हुने सबै हिंसा न्युनिकरण गर्न आवश्यक रहेको बताउनुभयो । म हिंसा गर्दिन र अरुलाई पनि हिंसा गर्न दिन्न भन्ने वाक्यलाई आत्मसाथ गर्दै हिंसा न्युनिकरण अभियान सञ्चालन गर्नु आवश्यक भएको उहाँको भनाई छ । शारदा नगरपालिकाका उपप्रमुख साबित्रा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकारकर्मी रामचन्द्र रेग्मी, महिला मानवअधिकारकर्मी सोविता बस्नेत लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण अधिकारकर्मी मिना बुढाथोकीले गर्नुभएको थियो । बिहान खलंगाको टुडिखेलबाट शुरु भएको ¥याली पुरानो बस पार्क, बैँक रोड, बिद्युत्त रोड हुदैँ पुनः पुरानो बसपार्कमा आएर कोणसभामा परिणत भएको थियो । यसैविच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान जिल्लाका बिभिन्न स्थानिय तहमा पनि सञ्चालन गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस