सल्यान १०, मंसिर ।
सल्यानमा शरिर जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ५ रानीकोटमा बाँसघारीमा आधा शरिर जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत फेला पर्नेमा शारदा नगरपालिका वडा नम्बर ५ रानीकोट गैरागाउँका अन्दाजी ३० वर्षीय शेर बहादुर चन्द रहेको घटनाको अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत इन्सपेक्टर श्याम प्रसाद यादवले जानकारी दिनुभया ।
घर देखी झण्डै ५० मिटर पश्चिममा शव फेला परेको हो । स्थानीयले शुक्रबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक सुत्ने कोठामा समेत रगत देखिएको र घरमा हत्या गरी जलाएको हुनसक्ने प्रहरीको भनाइ छ । हत्या गरेको आंशकामा भाउजु नाता पर्ने स्थानीय दुई महिलालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।