बिप्लव नेकपा सल्यानका पुर्वजिल्ला सेक्रेटरी ‘गणेश’ एकीकृत समाजवादीमा प्रवेश

सल्यान ११, मंसिर ।
बिप्लव नेकपा सल्यानका पुर्व जिल्ला सेक्रेटरी गणेश सुनार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ । २०७६ सालमा बिप्लव पार्टीको जिल्ला सेक्रेटरी बन्नुभएका उहाँ सुर्खेतमा आयोजित नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा पार्टी प्रवेश गर्नुभएको हो ।

उहाँलाई पार्टीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष, महासचिव, उपमहासचिव लगाएको टोलीले पार्टीलाई स्वागत गरेको हो । उहाँ २०५८ साल देखि माओवादी जनयुद्धमा जनमुक्ति सेनाको भूमिकामा सहभागी भएर पनि काम गर्नुभएको थियो ।

कम्युनिष्ट आन्दोलनको रक्षा र देश विकासको लागि अध्यक्ष नेपालले नेतृत्व गरेको पार्टीमा प्रवेश गरेको उहाँको भनाई छ । पार्टी निति, विधि र पद्धति अनुसार चल्नुपर्ने र जनताको लोकप्रिय पार्टी एकीकृत समाजवादी भएकाले यसमा प्रवेश गरेको उहाँले बताउनुभयो ।
पछिल्लो समय नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेहरुको लहर शुरु भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस