मंसिर १७ गते देखी सल्यानका सबै स्थानिय तहमा मतदाता नामावली संकलन गरिने

सल्यान १३, मंसिर ।
सल्यानका सबै स्थानिय तहमा पुगेर मतदाता नामावली संकलन गरिने भएको छ । मतदाता नामावली संकलन विशेष कार्यक्रम अन्र्तगत जिल्लाका दश वटै स्थानिय तहको मुकाममा पुगेर दुइ चरणमा मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । जसमा मंसिर १७ गते देखी पहिलो चरणमा र मंसिर २८ गतेदेखी दोस्रो चरणमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिने छ ।

जस अन्र्तगत पहिलो चरणमा मंसिर १७ गते देखी २६ गते सम्म कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, दार्मा गाउँपालिका, बागचौर नगरपालिका र बन्गाड कुपिण्डे नगरपालिकामा संकलन गरिने जिल्ला निर्वाचन अधिकारी मधुकर कुमार साहले जानकारी दिनुभयो । यस्तै दोस्रो चरण अन्र्तगत मंसिर २८ गते देखी पुस ८ गते सम्म सिद्ध कुमाख गाउँपालिका, कुमाख गाउँपालिका, त्रिबेणी गाउँपालिका र कालिमाटी गाउँपालिकामा सञ्चालन गरिने उहाँको भनाई छ ।

तर मतदाता नामावली संकलन विशेष कार्यक्रममा नयाँ मतदाता नामावली मात्रै वनाइने उहाँको भनाई छ । ‘शारदा नगरपालिका भित्र जिल्ला निर्वाचन कार्यालय भएकाले नगरभित्रका कार्यालयमा आएर बनाउन सकिने छ’ उहाँले भन्नुभयो ‘बाँकी स्थानिय तहमा पनि नयाँ मतदाता नामावली वनाइने छ, तर त्रुटि भएका, नाम, ठेगाना सच्याउनुपर्ने वा बसाइ सरेको जस्ता कार्यमा जिल्ला निर्वाचन कार्यालयमा मात्रै हुने छ ।’

 

 

प्रतिक्रिया दिनुहोस