एकद्धार संकट व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सल्यानमा सम्पन्न

सल्यान १४, मंसिर ।
एकद्धार संकट व्यवस्थापन समितीसँग सम्बन्धित सरोकारवालाहरुको एक दिने जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम तथा तालिम सल्यानमा सम्पन्न भएको छ । युनिसेफको आर्थिक सहयोग, स्वास्थ्य सेवा कार्यालय सल्यानको सहकार्य र किर्डाक नेपालको आयोजनामा मंगलवार जिल्लाको सदरमुकाम खलंगामा सो कार्यक्रम सम्पन्न भएको हो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले जनतालाई नै सर्वोपरी ठानेर राज्यबाट प्रवाह गरिने सेवालाई चुस्तदुरुस्त वनाउनुपर्ने बताउनुभएको छ । हरेक क्षेत्रमा हुने ढिलासुस्तीलाइ अन्त्य गर्दै नागरिकलाई छिटो, छरितो र स्तरीय सेवा प्रवाह गर्नुपर्नेमा उहाँको जोड रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकी, छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष सिता केसी, दार्मा गाउँपालिका उपाध्यक्ष टिका शर्मा वली लगाएतको सहभागिता रहेको थियो । सो अवरशरमा नेपाल बार एसोशियन सल्यानका उपाध्यक्ष दुर्गा पुनले लैगिंक हिंसा र न्यायमा पहुँचका बारेमा र जिल्ला अस्पताल रुकुम पश्चिमका मेडिकल अधिकृत डा. भिमकान्त जैसीले एकद्धार संकट व्यवस्थापनका बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

किर्डाक नेपालका अनुगमण तथा मुल्यांकन अधिकृत किरण पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सुपरभाइजर प्रदिप बोहराले गर्नुभएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस