सल्यान १७, मंसिर ।
सल्यानमा शुुरु हुन लागेकोको मतदाता नामावली संकलन कार्यको आवश्यक तयारी पुरा भएको छ । मतदाता नामावली संकलन विशेष कार्यक्रम अन्र्तगत जिल्लाका दश वटै स्थानिय तहको मुकाममा पुगेर दुइ चरणमा मतदाता नामावली संकलन गरिने छ । जसमा आज मंसिर १७ गते देखी पहिलो चरणमा र मंसिर २८ गतेदेखी दोस्रो चरणमा मतदाता नामावली गरिने जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।
जस अन्र्तगत पहिलो चरणमा आज मंसिर १७ गते देखी २६ गते सम्म कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, दार्मा गाउँपालिका, बागचौर नगरपालिका र बन्गाड कुपिण्डे नगरपालिकामा संकलन गरिने जिल्ला निर्वाचन अधिकारी मधुकर कुमार साहले जानकारी दिनुभयो । यस्तै दोस्रो चरण अन्र्तगत मंसिर २८ गते देखी पुस ८ गते सम्म सिद्ध कुमाख गाउँपालिका, कुमाख गाउँपालिका, त्रिबेणी गाउँपालिका र कालिमाटी गाउँपालिकामा सञ्चालन गरिने उहाँको भनाई छ । मतदाता नामावली संकलन विशेष कार्यक्रममा नयाँ मतदाता नामावली मात्रै वनाइने उहाँको भनाई छ ।