जीत प्रसाद आचार्य,
सल्यान १८, मंसिर ।
दमाचौर साना किसान कृषि सहकारी संस्था लिमिटेड छत्रेश्वरी गाउँपालिका १ दमाचौर सल्यानको छैटौं साधारणसभा सम्पन्न भएको छ । शनिवार दमाचौरमा एक बिशेष कार्यक्रमका बिचमा छैटौँ साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष देवि चन्दको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान विकास बैकका केन्द्रीय अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष नेव बहादुर शाह, कर्णाली प्रदेश सहकारी संघका अध्यक्ष शेर बहादुर परियार, जिल्ला सहकारी संघ अध्यक्ष टीका बुढाथोकी, ईलाका कार्यालयका प्रबन्धक राजेन्द्र भण्डारी, साना किसान कृषि सहकारी संस्था कपुरकोटका प्रबन्धक जित प्रसाद आचार्य लगाएतको आतिथ्यता रहेको थियो ।
यस सहकारी भित्र ९७ वटा समुह रहेका छन् । यस्तै ६ सय ३५ सदस्य रहेका छन् । सहकारीको शेयर रकम २० लाख ९६ हजार, निक्षेप रकम १ करोड १ लाख २५ हजार, ऋण लगानी १ करोड ९९ लाख ४२ हजार, आम्दानी रकम ५ लाख ४७ हजार रहेको छ । यस्तै खर्च रकम २ लाख ६६ हजार, नाफा रकम २ लाख १९ हजार र जगेडा कोषमा ४ लाख ५८ हजार रहेको सहकारीले जनाएको छ ।
सस्थाका सहायक प्रबन्धक चन्द्रा भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सस्थां प्रबन्धक मिलन वलीले गर्नुभएको थियो ।