सल्यान २१, मंसिर ।
सल्यानका ५४ वटा विद्यालयमा बालमैत्री कक्षाकोठा व्यवस्थापन गरिएको छ । जिल्लाको शारदा र बागचौर नगरपालिका तथा छत्रेश्वरी, त्रिबेणी, कपुरकोट र सिद्धकुमाख गाउपालिकामा रहेका ५४ वटा सामुदायिक विद्यालयमा बालमैत्री कक्षाकोठा व्यवस्थापन गरिएको हो । ती विद्यालयका १ सय ४ वटा कक्षा बालमैत्री कक्षाकोठा व्यवस्थापन गरिएको छ ।
रुम टु रिड÷ पढ्नको लागि कोठाको आर्थिक तथा प्राविधिक सहयोग, दलित विकास समाज (डिडिएस) सल्यानको साझेदारी तथा शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहसंगको समन्वयमा जिल्लामा विगत ४ बर्ष देखी साक्षरता कार्यक्रम संचालन भैरहेको छ । सोही अनुसार बिद्यालयहरुमा बालमैत्री कक्षाकोठा व्यवस्थापन गरिएको रुम टु रिडका कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले जानकारी दिनुभयो ।
‘बालबालिकाहरुको स्तरीय बसाई ब्यवस्थापन नहुदाँ पठनपाठन कार्यमा सहजता थिएन्, साक्षरता कार्यक्रमबाट जिल्लाका ५४ वटा बिद्यालयमा बालमैत्री कक्षाकोठा व्यवस्थापन गरिएको छ’ उहाँले भन्नुभयो ‘यसले बिद्यार्थीहरुको पढ्ने र सिक्ने बानीको बिकास गर्न सहयोग गरेको छ ।’ बालमैत्री कक्षाकोठा व्यवस्थापन पश्चात पठनपाठन कार्यमा बालबालिकाहरुको रुचि पनि बढ्दै गएको उहाँको भनाइ छ ।
उहाँका अनुसार यस अवधीमा साक्षरता कार्यक्रम लागु भएका बिद्यालयमा ३ सय बाल पुस्तकालय स्थापना र प्रयोग गरिएको छ । यस्तै २ सय २० जना शिक्षकहरुलाइ शैक्षणिक तथा पुस्तकालय सम्बन्धि पेशागत क्षमता विकास, ५ हजार २ सय ५० विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
यस्तै कोभिड १९ मा वैकल्पिक शिक्षण सिकाइ माध्यमका रुपमा रेडियो स्कुल कार्यक्रमबाट ३२ हजार घरधुरी लाभान्वित भएका छन् भने ७२ घरधुरीलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । शिक्षा मार्फत बालबालिकाको जीवन रुपान्तरण गर्नुका साथै शिक्षा र लैंगिक असमानता रहित विश्व निर्माण गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन भैरहेको छ ।
जिल्ला स्तरीय सरोकारवालाहरुसंग समन्वयात्मक बैंठक सम्पन्न
साक्षरता कार्यक्रम अन्र्तगत जिल्ला स्तरीय सरोकारवालाहरुसंग समन्वयात्मक बैंठक सोमबार जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै बिष्टले बालबालिकालाई पठनपाठनका कार्यमा सरिक बनाउन साक्षरता कार्यक्रमले महत्वपुर्ण सहयोग गरेको बताउनुभयो ।
‘सानो उमेरका बालबालिकाहरुमा पठनपाठन सँगै उनीहरुको व्यवहारमा समेत परिवर्तन ल्याएको पाइन्छ, विगतमा बिद्यालयमा नआउने, आएपनि पठनपाठनमा खासै चासो नदिने बालबालिकाहरु अहिले रचनात्मक बन्दै गएका छन्’ उहाँले भन्नुभयो ‘पढ्ने र बोल्ने दुवै बानीको बिकास भएको पाइन्छ ।’ उहाँले यस कार्यक्रमलाई जिल्लाभरका सबै बिद्यालयहरुमा लागु गर्न सके शैक्षिक सुधारको लागि कोषेढुंगा साबित हुने बताउनुभयो ।
बैठकमा जिल्ला समन्वय समितीका उपप्रमुख हरि प्रकाश बुढाथोकी, जिल्ला समन्वय अधिकारी राजेन्द्र प्रसाद पोख्रेल, सामाजिक बिकास कार्यालय सल्यानका प्रमुख कृष्ण प्रसाद अधिकारी, शिक्षा बिकास तथा समन्वय इकाई सल्यानका प्रमुख लाल बहादुर घर्ती मगर, दलित बिकास समाज (डिडिएस) का अध्यक्ष निम बहादुर नेपाली लगाएतको सहभागिता रहेको थियो । बैठकको सहजीकरण दलित विकास समाज सल्यानका साक्षरता कार्यक्रम संयोजक टेकराज शाहीले गर्नुभएको थियो ।