खगेन्द्र आधारभूत विद्यालयमा पुस्तकालय स्वामित्व ग्रहण कार्यक्रम सम्पन्न

सल्यान २२, मंसिर ।
खगेन्द्र विद्यालयमा पुस्तकालय स्वामित्व ग्रहण कार्यक्रम सम्पन्न भएको छ । रुम टु रिड, पढ्नको लागि कोठा, दलित विकास समाज सल्यानको सहयोग, छत्रेश्वरी गाउपालिकाको समन्वयमा जिल्लाको छत्रेश्वरी गाउपालिका ६ राणागाउँमा रहेको खगेन्द्र आधारभूत विद्यालयमा निर्मित पुस्तकालय स्वामित्व ग्रहण कार्यक्रम मंगलवार सम्पन्न भएको हो ।

प्रधानाध्यापक खगेश्वर वलीले एउटा पनि पुस्तक नभएको बिद्यालयमा साक्षरता कार्यक्रम संचालन भएपछि विद्यालयमा हाल २ हजार बढी पुस्तक रहेको बताउनुभयो । यसले विद्यार्थीको पठनपाठन कार्यमा सहजता प्रदान गरेको उहाँको भनाइ छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएको गुणासो बढेको अवस्थामा साक्षरता कार्यक्रमले विद्यालयको शैक्षिक सुधार, पढाई नियमित तथा पढ्न र सिक्न सक्षम भएको उहाँले बताउनुभयो ।

सो अवशरमा बोल्दै छत्रेश्वरी गाउपालिका वडा नम्बर ६ का वडाअध्यक्ष चुडामणी दशौतीले सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि साक्षरता कार्यक्रमले महत्त्वपूर्ण सहयोग गरेको बताउनुभयो । उहाँले अहिले विद्यालयको भौतिक संरचना संगै शैक्षिक गुणस्तर सुधारको लागि जग निर्माण भएको र यसलाई निरंतरता दिनुपर्ने बताउनुभयो । यसका लागी सहयोग गर्न वडा कार्यालय तयार रहेको उहाँको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिता योगीको अध्यक्षतामा भएको कार्यक्रममा छत्रेश्वरी गाउपालिकाको शिक्षा अधिकृत केशर बहादुर वली, रुम टु रिडका कार्यक्रम अधिकृत बाबुराम पोख्रेल, दलित बिकास समाज सल्यानका साक्षरता कार्यक्रम संयोजक टेकराज शाही, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टोप बहादुर भण्डारी, अभिभावक सुस्मा बिक लगाएतले बोल्नुभएको थियो । सो अवशरमा पुस्तकालयबाट सवैभन्दा बढी पुस्तक लिएर अध्ययन गर्ने विद्यार्थीलाइ पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा रुम टु रिडका सिनियर कार्यक्रम सहायक तपेन्द्र वली, सामाजिक परिचालक राम भण्डारी लगाएतको सहभागिता रहेको थियो । शिक्षिका निर्मला योगीको स्वागत मन्तव्यबाट शुरुको कार्यक्रमको संचालन शिक्षिका लक्ष्मी ओलीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस