नेकपा (एकीकृत समाजवादी) छत्रेश्वरीले एक महिने अभियान सञ्चालन गर्ने

सल्यान २२, मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) छत्रेश्वरी गाउँ कमिटी सल्यानले एक महिने अभियान सञ्चालन गर्ने भएको छ । पार्टीले संगठन, प्रचार, पार्टी सदस्यता नविकरण लगाएतका गतिविधि सञ्चालन गर्न एक महिने अभियान सञ्चालन गर्ने भएको हो । गाउँपालिकाको भोटेचौरमा सम्पन्न बैठकले पुस १ गते देखी ३० गते सम्म अभियान सञ्चालन गर्ने भएको हो ।

पार्टीले एक वडा : एक सय संगठित सदस्य र एक पालिका : एक हजार संगठित सदस्य अनिवार्य बनाउनुपर्नेमा निति लिएको छ । गाउँ कमिटी अध्यक्ष गोविन्द केसीको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रिय सदस्य शारदा परियार, केन्द्रिय सल्लाहकार समिती सदस्य टोप बहादुर चन्द, केन्द्रिय लेखा आयोग सदस्य राज बहादुर बुढाथोकी, प्रदेश सदस्य तथा गाउँपालिका इन्चार्ज हरी केसी, सहइन्चार्ज बुद्धा केसी लगाएतको सहभागिता रहेको थियो ।

बैठकले गाउँ कमिटीको दोस्रो उपाध्यक्ष पदमा प्रेम भण्डारीलाई मनोनित गरेको सचिव रेमन्त डिसीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस