बिहेको नाच हेर्न गएका सल्यानको सिन्वाङका एक बालक मृत फेला

सल्यान २३, मंसिर ।
बिहेको नाच हेर्न गएका सल्यानको सिन्वाङका एक बालक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिन्वाङ रातामाटा निवासी रामकृष्ण बोहराका अन्दाजी १६ बर्षिय छोरा टेक बहादुर बोहरा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधबार बेलुका बिहेको नाच हेर्न भनेर घर देखी रिम गएका उनी बिहीबार बिहान सम्म घर नफर्किपछि खोजतलास गर्दैगर्दा कपुरकोट गाउँपालिका कै वडा नम्बर ५ रिमको ओखरपाटामा दिउसोँ शव फेला परेको प्रहरीले जनाएको छ । भिर भएको गोरेटो बाटो देखी करिब ५० मिटर तल, तोरी बारीको केही मिटर माथि शव फेला परेको प्रहरीको भनाइ छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस