भ्रष्टाचार न्युनिकरण गर्न भन्दै सल्यानमा हस्ताक्षर

सल्यान २३, मंसिर ।
सल्यानका सरोकारवालाहरुले आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भन्दै हस्ताक्षर गरेका छन् । अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवशका अबशरमा जिल्लाको सदरमुकाम खलंगामा उनीहरुले भ्रष्टाचारलाई शुन्यमा झार्नको लागि सबै निकाय गम्भिर बन्नुपर्ने भन्दै हस्ताक्षर गरेका हुन् ।

जसमा जिल्ला समन्वय समितीका उपप्रमुख हरि प्रकाश बुढाथोकी, बन्गाड कुपिण्डे नगरपालिकाका उपप्रमुख मञ्जु यरी, सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष पुस्पा कुमारी बोहरा, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई लगाएतकाले आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भन्दै हस्ताक्षर गर्नुभएको छ ।

सरोकारवालाहरुले नितिगत भ्रष्टाचारलाई रोक्न सकियो भने आर्थिक भ्रष्टाचार आफै कम हुदैँ जाने बताएका छन् । यस्तै शिक्षा, स्वास्थ्य लगाएत निशुल्क हुनुपर्ने र मुल्यबृद्धि रोक्न सकियो भने पनि भ्रष्टाचारलाई न्युनिकरण गर्न सकिने उनीहरुको ठहर छ । भ्रष्टाचार बिरुद्धको सहकार्य : सुशासनका लागि अपरिहार्य भन्ने मुल नाराका साथ आयोजित प्रतिवद्धता संकलन कार्यक्रमको आयोजना हरप्लेस नेपाल, इन्सेक सल्यान लगाएतकाले गरेका थिए

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित