संविधान र कम्युनिष्ट आन्दोलनको रक्षाको लागि पार्टी पुर्नगठन गरेका हौँ : चौधरी

सल्यान २४, मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य मेटमणि चौधरीेले देशको संविधान र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि एमालेबाट बिद्रोह गरेको बताउनुभएको छ । जसको स्वरुप अहिले एकीृकत समाजवादी पार्टीको जन्म भएको उहाँको भनाई छ । समाजवादी प्रेस संगठन सल्यानले शुक्रवार खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘केपि ओलीका कारण लामो त्याग र बलिदानीबाट आएको संविधान सखाप पार्ने खोजिएको थियो, संविधान, कानुन, संर्वोच्च लगाएतका सबै निकाय समाप्त हुने थिए, कम्युनिष्ट आन्दोलन र यसबाट प्राप्त उपलव्धि गुम्ने खतरा थियो’ उहाँले भन्नुभयो ‘संविधान र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि पार्टी भित्रैबाट बिद्रोह गरेर पार्टीलाई पुर्नगठन गर्दै एकीकृत समाजवादी निर्माण गरेका हौँ, यसको नेतृत्व कमरेड माधव कुमार नेपालले गर्नुभएको हो ।’

आगामी निर्वाचनमा केपी पार्टीले मत माग्ने अधिकार समेत गुमाएको उहाँको भनाइ छ । ‘जनताले दिएको दुईतिहाई नजिकको जनमतलाई कुल्चेर २ पटक संसदको विघटन गर्ने ओली पार्टीले आगामी निर्वाचनमा पनि भोट दिनुस् हामी ससंद विघटन गरेर देखाउछौ भनेर भोट माग्न आउलान त ?’ उहाँले प्रश्न गर्नुभयो ।

देशमा अस्थिरता चाहाने निच स्वभाव भएका व्यक्ति सत्तामा आएभने फेरी देशमा अस्थिरता आउने र अहिलेसम्म प्राप्त उपलव्धि गुम्ने खतरा रहेकाले देशमा स्थिरता र संविधानको रक्षाका लागि गठवन्धन निर्माण गरिएको उहाँको भनाई हो । ‘यो गठबन्धन आगामी निर्वाचन सम्म कायम रहन्छ, ओली पार्टीलाई जरै देखी उखेल्नु अहिलेको आवश्यकता हो’ उहाँले भन्नुभयो ‘आउँदो निर्वाचन पछि केपि पार्टी सानो झुण्डको रुपमा रहन्छ ।’

पार्टीका लुम्विनी प्रदेश अध्यक्ष समेत रहनुभएका चौधरीले साढेँ तीन महिनाको अवधिमा पार्टीको संगठन निर्माण लगाएका महत्वपुर्ण काम सफलता पुर्वक सम्पन्न भएको बताउनुभयो । ‘हामीले सोचे जसरी नै रफ्तारमा पार्टीका गतिविधि सञ्चालन भैरहेका छन्’ उहाँले अघि भन्नुभयो ‘पार्टीलाई मजवुद वनाउन विचार मिल्ने पार्टीसँग एकता गछौँ, त्यसको लागि छलफल पनि भैरहेको छ ।’

सो अवशरमा पार्टीका जिल्ला सचिव रमेश गौतम लगाएतका नेताहरुको सहभागिता रहेको थियो । समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य मिना बुढाथोकीको अध्यक्षतामा भएको सम्मेलनको सहजीकरण शिव डाँगीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित