जाडोमा मूला खाँदा यी ५ फाइदा जानौं

सल्यान २५,मंसिर ।
जाडोमा मूला खाँदा स्वास्थ्यका लागि धेरै फाइदा हुन्छ । यसको स्वाद मात्र मिठो होइन यसमा भएको गुणकारी तत्वले हाम्रो प्रतिरोधात्मक शक्ति, रक्त चाप र रक्त नलीका लागि पनि धेरै नै फाइदाकारी हुन्छ । धेरै मानिस यसको सलाद खानाको साथमा खान मन पराउँदछन् । आउनुहोस् जाडोमा मूला किन खाने र यसले शरीरमा कस्ता रोगहरुबाट बचाउँछ भन्ने जानौं ।

प्रतिरोधात्मक शक्ति बढाउँछः मूलामा उच्च मात्रामा भिटामिन सी पाइन्छ । यसले जाडोमा हुने कफ र रुघाखोकी बचाउँदछ । मूला शरीर सुन्निने र हुने जलन कम गर्दछ । साथै यसले बुढो हुन रोक्दछ ।

ब्लड प्रेसर नियन्त्रणः मूला शरीरमा पोटाशियमको मात्रा पूर्ती गर्दछ । यसले गर्दा ब्लड प्रेसर नियन्त्रण हुन्छ । खासगरि हाइपरटेन्सनको समस्या भए मूला आफ्नो डाइटमा समाबेस गर्नु हितकर हुन्छ । आयुर्वेदका अनुसार रगतमा शीतल प्रभाव ल्याउन मूलाको सेवन उत्तम मानिन्छ ।

मुटुको बिरामीः मूला एन्थासायनिनको राम्रो स्रोत हो । यसले गर्दा हाम्रो मुटुले उचित किसिमले काम गर्दछ । दैनिक मूला खाँदा हृदय रोगको खतरा कम हुन्छ । मूलामा फोलिक एसिड र फ्लेवोनोइड्स पनि राम्रो पाइन्छ । मूलाले रगतमा अक्सिजनको आपूर्ति पनि बढाउँदछ ।

फाइबरको उक्त स्रोतः मूलामा फाइबरको मात्रा प्रसस्त पाइन्छ । हरेक दिन मुला सलादको रुपमा खानेको शरीरमा फाइबरको कमी हुँदैन । फाइबरका कारण पाचन प्रणाली सही ढंगले काम गर्दछ । यसका साथै मूलाको सेवनले कलेजो र पित्त थैलीलाई पनि सुरक्षा प्रदान गर्दछ ।

छालालाई मुलायमः छाला फुस्रो हुने समस्या भए हरेक दिन मुलाको जुस पिउँदा फाइदा हुने बताइएको छ । यसका साथै यसले छाला फुट्ने समस्या र डण्डीफोरबाट पनि छुटकारा मिल्दछ । यसलाई कपालमा लगाउँदा चाया पर्ने समस्या हट्ने र कपाल बाक्लो र मजबुत हुने हुन्छ । #एजेन्सीको सहयोगमा

 

 

प्रतिक्रिया दिनुहोस