सल्यान २५, मंसिर ।
सल्यानको बागचौरमा नेपाल बिद्यालय कर्मचारी परिषद्को सम्मेलन सम्पन्न भएको छ । शनिवार सम्पन्न सम्मेलनले कृष्ण प्रकाश वलीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा मनिसा भण्डारी र ओमप्रकाश सुनार, सचिवमा निर्माण वली, सहसचिवमा रुपलाल वली र अर्थसचिवमा गोविन्द बुढाथोकी रहनुभएको छ ।
नगर अध्यक्ष मदन कुमार बस्नेतको अध्यक्षतामा भएको सम्मेलनले संघ, प्रदेश र स्थानिय तह गरेर तीनवटै सरकारबाट बिद्यालय कर्मचारीहरु अपहेलित भएको निष्कर्श निकालेका छन् । उनीहरुले अन्य कर्मचारी सरह बिद्यालय कर्मचारीहरुले सेवा सुविधा पाउनुपर्ने माग समेत गरेका छन् । सम्मेलनको सहजीकरण सचिव निर्माण वलीले गर्नुभएको थियो ।