सल्यान २८, मंसिर ।
सल्यानको बागचौर नगरपालिकामा पर्ने वडा न. ८ कोटमौला र वडा न. ९ डाँगीगाउँ सुन्तलाको लागि जिल्लाकै उत्कृष्ट पकेट क्षेत्र मानिन्छ । कोटमौला क्षेत्रमा अहिले सुन्तला पाकेर पहेलपुर भएपछि किसानहरु सुन्तला बिक्री गर्ने सुरसारमा जुटेका छन् । कोही बोटमा सुन्तला पाकेर पहेलपुर भएका छन् भने कोही बोटमा सुन्तला पाक्नै आँटेका छन् । कतिपय ठाउँका सुन्तला बिक्री भइसकेका छन् ।
अहिले यो क्षेत्रका किसानहरु सुन्तला टिप्ने र बिक्री गर्ने चटारोमा ब्यस्त हुन थालेका छन् । यो बर्ष गर्मी याममा पानी नपरेका कारण र बर्खा याममा धेरै पानी परेका कारण पनि गत बर्षको तुलनामा यो बर्ष सुन्तला कम फलेको स्थानीयहरुको भनाइ छ । यहाँ पुग्दा सुन्तलाको बास्नदार बहारले जोकोहीको मन आन्दित बनाएर पठाउछ । यो क्षेत्रमा सुन्तलाको बगैंचामै गएर सुन्तलाको स्वाद लिनेहरुका लागि मंसिर र पुष महिना उपयुक्त मानिन्छ ।
यहाँबाट सल्यानका विभिन्न ठाउँ लगायत दाङ, नेपालगन्ज, काठमाडौं, बुटवल सम्म समेत सुन्तला निर्यात हुने गरेको छ । सुन्तलाबाट बर्सेनि लाखौंको आमदानी गर्ने यो क्षेत्र अहिले साच्चिकै सुन्तलामय भएको छ ।
हेर्नुहोस् तस्वीरहरु :