नेकपा एकीकृत समाजवादी छत्रेश्वरी-३ मा टोल कमिटी बिस्तार : अध्यक्षमा डाँगी

सल्यान २, पुस।
सल्यानको छत्रेश्वरी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्नो संगठन बिस्तारको कामलाई तिव्रता दिएको छ । यसैक्रममा वडा नम्बर ३ को साविक १ नम्बर टोलमा वडा कमिटी गठन गरिएको छ । स्थानियको भेलालो रेशम बहादुर डागीको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा राम बहादुर दमाई र अमृता वली, सचिबमा अशोक पुन तथा उपसचिबमा रुपकली खत्री रहनुभएको छ ।


सो अवशरमा पार्टीका प्रदेश कमिटी सदस्य तथा गाउँ कमिटी इन्चार्ज हरी केसी, जिल्ला कमिटी सदस्य तथा गाउँ कमिटी सचिव रेमन्त डिसी, जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ३ इन्चार्ज यादकर दाहाल लगाएतको सहभागिता रहेको थियो । भेलाको सहजीकरण वडा कमिटी सचिब थुमराज केसीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस