नेकपा एकीकृत समाजवादी छत्रेश्वरी गाउँपालिकामा टोल कमिटी बिस्तार तिव्र

सल्यान २, पुस ।
सल्यानको छत्रेश्वरी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्नो संगठन बिस्तारको कामलाई तिव्रता दिएको छ । यसैक्रममा वडा नम्बर ३ को साविक २ नम्बर टोलमा टोल कमिटी गठन गरिएको छ । स्थानियको भेलालो कुलदेव योगीको अध्यक्षतामा २९ सदस्यीय टोल कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा निर्मला सुनार र राम बहादुर सुनार, सचिबमा नरेन्द्र बिक तथा उपसचिबमा सुमित्रा नेपाली र पुर्ण बहादुर सुनार रहनुभएको छ ।

सो अवशरमा पार्टीका प्रदेश कमिटी सदस्य तथा गाउँ कमिटी इन्चार्ज हरी केसी, जिल्ला कमिटी सदस्य तथा गाउँ कमिटी सचिव रेमन्त डिसी, जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ३ इन्चार्ज यादकर दाहाल, अखिल नेपाल महिला संघ समाजवादीका जिल्ला कमिटी सदस्य तथा पार्टीको गाउँ कमिटी सदस्य लक्ष्मी सुनार, ओम कुमारी बिक, लगाएतको सहभागिता रहेको थियो । वडा कमिटी अध्यक्ष हरी सुनारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा कमिटी सचिब थुमराज केसीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस