सल्यान ३, पुस ।
सल्यानको शारदा नगरपालिका ९ का शंकर बोहरा २०६९ सालमा वैदेशिक रोजगारीको लागि मलेसिया जानुभयो । न भाषा सिकेको, न कुनै तालिम लिएको न त धेरै पढेलेखेको नै । धेरै पैसा कमाउने चाहानामा जन्मघर छोडेर खाडीमुलुक मलेसिया जानुभएका उहाँलाई सोचे जस्तो कामदाम केही मिलेन् ।
परदेशको पिडा सहन नसकेर घर फर्कनुभएका उहाँले अहिले व्यवसायिक भैसीँपालन गर्दै आउनुभएको छ । घरको माया र यादले मलाई त्यहाँ बस्न नै दिएन्, पाउनु दुख पाए, सायद अव त्यो दुख कहिल्यै पाउदिन्न होला त्यो बेलाको सम्झना गर्दै उहाँ भन्नुहुन्छ ‘किन बिदेश आएछु भन्ने लाग्थ्यो, एक्लै हुदाँ भक्कानिएर रुन्थे ।’ श्रम गर्न सके गाउँमा नै राम्रो आम्दानी गर्न सकिने उहाँको भनाई छ ।
स्थानिय सिता बोहराका श्रीमान सहित स्थानिय ९ जना युवा भिजिट भिसामा दुबईका लागि उडे । मासिक पन्ध्र सय तलव लगाएतका आर्कषक सेवासुविधा पाउने आसमा चिनेकै वैदेशिक व्यवसायिसँग २ लाख ८० हजार तिरेर गएका उनीहरुले न त भने जति तलव पाए, न त भने अनुसारको काम नै ।
‘दुवईमा गएको झण्डै चार महिना हुनलाग्यो, तर सोचे अनुसारको न त काम पाइएको छ, न सेवा सुविधा नै, मासिक ११ सयमा दिएको छ रे, त्यसमा पनि खाना लगाएतकोमा ५ सय काटिदिदो रहिन्छ’ सिता भन्नुहुन्छ ‘बिदेश पठाउने व्यक्तिले अहिले फोन उठाउदैँन्, म्यासेजको रिप्लाइ दिदैन्, चिनेकै मान्छेबाट पनि ठगिनुपर्यो ।’ उहाँले अब श्रीमानलाइ घरमा बोलाएर खेतीकिसानी गरेर जीवननिर्वाह गर्ने बताउनुभयो ।
लामो समय कतारमा बसेर स्वदेश फर्किनु भएका स्थानिय जगत कवरले भाषा नजान्दा र हातमा सिप नहुदाँ परदेशमा धेरै दुःख पाइने बताउनुहन्छ । ‘सकेसम्म बिदेश जाने नै होइन, यदि जानै परेमा पनि भाषा र सिप अनिवार्य छ’ उहाँले भन्नुभयो ‘भाषा र सिप नहुदाँ धेरै दुख पाइन्छ, ठगिने सम्भावना धेरै हुन्छ ।’
बैैदेशिक रोजगारमा जाने नेपाली कामदार र उनका परिवारलाई सुरक्षित र उपलब्धीमुलक बनाउन जिल्लामा सुरक्षित आप्रवासन परियोजना (सामी) सञ्चालन भैरहेको छ । डेभ्लपमेन्ट सोशाईटी नेपाल सल्यानको स्थानीय व्यवस्थापन र सामी हेल्भेटासको प्राविधिक सहयोगमा शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका र छत्रेश्वरी गाउपालिकामा यो परियोजना सञ्चालन भैरहेको छ ।
सकेसम्म स्वदेशमा नै केही गर्नुपर्ने र यदी बैदेशिक रोजगारमा जानै परे कुन देशमा जाने हो त्यहि देशको काम अनुसारको भाषा र सिपमुलक तालिम अनिवार्य लिनुपर्ने परियोजनाका मनोसामाजिक परामर्शकर्ता सुधा आचार्यले बताउनुभयो । सानो सूचनाको अभावले वैदेशिक रोजगारमा जाने श्रमिकले ठूलो दुःख पाएको हुँदा बेलैमा सबै सचेत हुनुपर्ने उहाँको भनाई छ ।
परियोजनाका बित्तिय साक्षरता अधिकृत खुमा कुमारी बुढाथोकीले बैदेशिक रोजगारलाई भरपर्दो बनाउन र बिदेशबाट पठाइएको रकमको सही सदुपयोग गर्नका लागि बित्तिय साक्षरता कक्षा सञ्चालन भैरहेको बताउनुभएको छ । जसका कारण बिदेशमा दुःख गरेर कमाएको पैसाको सही सदुपयोग हुने र आर्थिक क्षेत्र मजुबुद हुने उहाँको भनाई छ ।
यसैविच सचेत, सिपमुलक र सुरक्षित रोजगार, मर्यादित श्रम, आप्रवासनको मुल आधार भन्ने नाराका साथ अन्र्तराष्ट्रिय आप्रवासन दिवश जिल्लाको शारदा नगरपालिका ९ बागचौरमा अन्र्तक्रिया गरेर मनाइएको छ । आप्रवासन असर तथा प्रभाव साथै आप्रवासन कामदारहरुलाई सामाजिक बहिस्करण प्रभाव न्यनिकरण सम्बन्धि सामुदायिक अगुवाहरुसँग अन्र्तक्रिया गरिएको हो । कृष्ण आधारभूत बिद्यालयका निमित्त प्रधानाध्यापक चिन बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।