एमाले र ओली पतनको दिशामा अघि बढेका छन् : केसी

सल्यान ५, पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का राष्ट्रिय परिषद सदस्य हरी केसीले नेकपा एमाले र केपि शर्मा ओली पतनको दिशामा अघि बढेको बताउनुभएको छ । जनचाहाना विपरित मनपरि तन्त्रबाट अगाडी बढ्ने भएकाले एमाले र ओली दुबै पतनको दिशामा अघि बढेको उहाँले बताउनुभएको हो । पार्टी पर्नुगठन अभियान अन्र्तगत सोमबार सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ को हारिचारमा पार्टीको टोल कमिटी घोषणा कार्यक्रमलाई संवोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पार्टीका प्रदेश कमिटी सदस्य तथा छत्रेश्वरी गाउँ कमिटी इन्चार्ज समेत रहनुभएका उहाँले देशलाई अस्थिरता तर्फ धकेल्ने ओली नक्कली कम्युनिष्ट भएको बताउनुभएको छ । पुस ५ गते आज कै दिन ओलीले संसद विघटन गरेको स्मरण गर्दै उहाँले ओलीमा देशप्रेमी भाव नभएर हावादारी र उखानटुक्का भनेर बस्ने नक्कली कम्युनिष्ट भएको बताउनुभयो ।

उहाँले ओलीको गलत प्रवृतिका बिरुद्ध नयाँ शक्ति एकीकृत समाजवादीमा समाहित हुन सबैमा आग्रह गर्नुभयो । स्थानिय स्तरमा रहेका केही कार्यकर्ता ओलीको भ्रममा परेर बसेको भएपनि सच्चा कम्युनिष्टको रुपमा रहेको एकीकृत समाजवादीमा लाग्न उहाँले सबैमा आग्रह गर्नुभयो । भेलालाई पार्टीका जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ३ का इन्चार्ज यादकर दाहाल, जिल्ला कमिटी सदस्यहरु टेक बहादुर वली, प्रेम केसी लगाएतले सम्बोदन गर्नुभएको थियो ।

भेलाले रेमन्त शर्माको अध्यक्षतामा २१ सदस्यीय हारिचार टोल कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा खली नेपाली, नन्दकला केसी, सचिवमा रविन्द्र केसी, उपसचिवमा अनिता केसी, मोहन केसी, भुमा खत्री रहनुभएको छ । यस्तै गोविन्द शर्मा संयोजक र घमण्ड बहादुर खत्री उपसंयोजक रहेको ७ सदस्यीय जेष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको छ । वडा कमिटी अध्यक्ष जनक वलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कुल बहादुर रावतले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस