सल्यान ५, पुस ।
ग्लोबल आईएमई बैंकले एकदिने वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सोमबार सल्यानमा सम्पन्न गरेको छ। बैंकले सल्यान शाखाको श्रीनगर र थारमारेमा वित्तिय साक्षरता तथा डिजिटल बैङ्किङ सम्बन्धी कार्यक्रम गरेको हो।
बैंकका सेवाग्राही तथा ग्राहकलाई प्रविधिमैत्री बनाउन र नगद रहित कारोबारका लागि प्रोत्साहित गर्न साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरिएको बैंकका सल्यान शाखा प्रमुख सुबोध ज्ञवालिले बताउनु भयो।
कार्यक्रममा बैंककी अपरेसन हेड अनामिका सिंहले ग्लोबल आईएमई बैंक स्थापनाको १५ वर्षमै देशको सबैभन्दा बढी पुँजी भएको नं. १ बैंक भएको जानकारी दिदै ग्राहकको विश्वासका कारण नै आज बैंक देशकै ठूलो बैंक भएकोले आफ्ना ग्राहकलाई प्रविधिमैत्री बनाउँदै लैजान थालेको बताउनु भयको थियो ।
देशका विभिन्न ठाउँमा वित्तिय साक्षरता र डिजिटल बैङ्किङ सम्बन्धी कार्यक्रम गर्दै आयको बैंकले सञ्चालनमा ल्याएको ग्लोबल स्मार्ट प्लस मोबाइल एप्लिकेसनको प्रयोग, यसको सुरक्षा र प्रयोगबारे बैंकका कर्मचारी विजय सापकोटाले प्रकाश पार्नु भएको थियो । श्रीनगरको युनाइटेड होटेलमा भयको कार्यक्रममा शाखाका करिब ९० जना ग्राहकको सहभागिता रहेको थियोे ।