पार्टीलाई पुनर्गठन सहित थप सशक्त बनाउदैँ लगेका छौँ : गौतम

सल्यान ६, पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सल्यान जिल्ला कमिटी सचिव रमेश गौतमले पार्टीलाई पुर्नगठन गर्दै थप सशक्त बनाउदैँ लगेको बताउनुभएको छ । संविधान र लोकतन्त्रलाई समाप्त पार्ने खेलमा ओली लागेकाले त्यस प्रबृद्धिका बिरुद्ध पार्टीलाई पुर्नगठन गर्दै एकीकृत समाजवादी निर्माण गरिएको उहाँले बताउनुभएको हो ।

पार्टी पुर्नगठन अभियान अन्र्तगत सोमबार सल्यानको शारदा नगरपालिका ६ अन्तर्गत सापमारा कोल्डारा टोल भेलालाइ सम्बोदन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीका प्रदेश कमिटी सदस्य समेत रहनुभएका गौतमले बिभिन्न प्रलोभन र भ्रममा परेका कार्यकर्ताहरु पनि बिस्तारै एकीकृत समाजवालीमा प्रवेश गर्ने र पार्टी थप मजुबद हुने बताउनुभयो ।

कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य इश्वरी वुढाथोकी, जिल्ला कमिटी सदस्य एव नगर कमिटी उपाध्यक्ष रोमप्रकाश थापा लगाएतले बोल्नुभएको थियो । जिल्ला कमिटी सदस्य तथा वडा कमिटी अध्यक्ष डम्बर तिरूवाको अध्यक्षता भएको भेलाले चुडामणी रोकाको अध्यक्षतामा टोल कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा केशर वहादुर यरी र शुसिला यरी सचिवमा राधिका वुढाथोकी तथा उपसचिवमा अतिराम रोका, मोती विक र विरेन्द्र वुढाथोकी रहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित