सल्यान ७, पुस ।
नेपाल कम्युनष्टि पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल सल्यान आउनुहुने भएको छ । यही पुस ९ गते शुक्रबारका दिन पार्टीको सल्यान जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय बृहत अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई संबोदन गर्न नेपाल सल्यान आउन लाग्नु भएको हो । पुर्वप्रधानमन्त्री समेत रहनु भएका नेपाल भोली (बिहीबार) नै सल्यान आउने र पर्सी शुक्रवार हुने भेलालाई सम्बोदन गर्ने कार्यक्रम तय भएको छ ।
अध्यक्ष नेपाल सँगै पार्टीका केन्द्रिय उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला लगाएत केन्द्रिय सदस्यहरु पनि सल्यान खलंगामा आउने कार्यक्रम तय भएको छ । जिल्लाको सदरमुकाम खलंगा स्थित लुहापिङमा रहेको कवर्डहलको परिसरमा कार्यक्रम हुने छ । कार्यक्रमको आवश्यक तयारी तिव्र रुपमा भैरहेको पार्टीका जिल्ला सचिव रमेश गौतमले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्लाबाट प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका सबै, पालिका कमिटीका सबै, वडा कमिटीका पदाधिकारी सहित जनवर्गिय संगठनका सबै जिल्ला कमिटी देखी माथिका सबै सहभागि हुने छन् । कार्यक्रममा करिब पन्ध्र सय अगुवा कार्यकर्ताहरुको सहभागिता रहने नेकपा एकीकृत समाजवादी सल्यानले जनाएको छ ।