नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल सल्यानमा : आज अगुवाकार्यकर्ता भेलालाई सम्बोधन गर्ने

सल्यान ९, पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल सल्यान आइपुग्नुभएको छ । आज शुक्रबार जिल्लाको सदरमुकाम खलंगामा नेकपा एकीकृत समाजवादी सल्यानले आयोजना गरेको जिल्ला अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न बिहीबार सल्यान खलंगामा आइपुग्नुभएको हो । नेपाललाइ खलंगामा हिजो साँझ पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला लगाएतका नेताहरुले टिका र खादा लगाएर स्वागत गर्नुभएको छ । सल्यान ज्वालाको ग्रहृ जिल्ला हो ।

आज जिल्लाको सदरमुकाम खलंगा स्थित लुहापिङमा रहेको कवर्डहलको परिसरमा कार्यक्रम हुने छ । कार्यक्रमको आवश्यक तयारी पुरा भएको पार्टीका जिल्ला सचिव रमेश गौतमले जानकारी दिनुभयो । कार्यक्रममा जिल्लाबाट प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका सबै, पालिका कमिटीका सबै, वडा कमिटीका पदाधिकारी सहित जनवर्गिय संगठनका सबै जिल्ला कमिटी देखी माथिका सबै सहभागि हुने छन् । कार्यक्रममा करिब पन्ध्र सय अगुवा कार्यकर्ताहरुको सहभागिता रहने नेकपा एकीकृत समाजवादी सल्यानले जनाएको छ ।

यसैविच पार्टीका अध्यक्ष नेपालले नेकपा एमालेले कम्युनिस्ट सिद्धान्तको बाटो बिराएको बताएका छन् । कम्युनिस्ट सिद्धान्तमा हिँडाउन हर सम्भव प्रयास गर्दा पनि नसकेपछि त्यसबाट विद्रोह गरेर अर्को पार्टी गठन गरेको उनको भनाई छ । सल्लीबजार कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेपालले एमालेको सूर्य चुनाव चिन्हमा ग्रहण लागि सकेकाले कलम चिन्ह र आफ्नो पार्टी अघि बढ्ने दाबी गरे । केपी ओली काम गर्ने भन्दा पनि गफाडी नम्बर एक भएको उनको आरोप रहेको छ ।

मार्क्सवादी, लेनिनवादी र कम्युनिस्ट सिद्धान्तलाई आफूहरूले अवलम्बन गर्दै अघि बढेको उनको दाबी छ । केपी ओलीले बाटो बिराएर दुई दुई पटक संसद् विघटन गरेको बताउँदै उनले संविधान र सङ्घीयतालाई मिच्ने काम गरेको उनले बताए । आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्ति एकताबद्ध भएर जाने समेत बताए । आउँदै गरेको राष्ट्रिय सभाको चुनावमा पनि एमालेलाई पराजित भई लोकतान्त्रिक पक्षधरको नै विजयी हुने बताए ।

 

 

प्रतिक्रिया दिनुहोस