सल्यान ११, पुस ।
लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड सल्यानको श्रीनगर शाखाले तेश्रो वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम शनिवार श्रीनगरमा सम्पन्न गरेको छ । राधाकृष्ण महिला समूह केन्द्र नम्बर १० कि केन्द्र प्रमुख कमला भण्डारी डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लक्ष्मी लघुबित्त बित्तिय संस्थाका सहायक प्रबन्धक हरिकृष्ण भट्टले आफुहरुले बित्तिय लगानी गर्ने मात्र नभई महिलालाई स्वरोजगार मार्फत आत्मनिर्भर बनाउनक लागि लागिपरेको बताउनु भएको छ ।
उहाँले सस्थाबाट लगेको ऋण सहि ठाउँमा प्रयोग गरी भाबी सन्तानका लागि रोजगारको बाटो सिर्जना गर्न अपिल समेत गर्नु भयो । साथै लघुबित्त संस्थालाई पछिल्लो समय विभिन्न चुनौती थप भएकाले कर्मचारी संयन्त्र सचेत भएर अगाडी बढ्न सहायक प्रबन्धक भट्टले निर्देशन दिनुभयो ।
लक्ष्मी लघुबित्त बितिय सस्थाका वरिष्ठ अधिकृत देबिलाल न्यौपानेले केन्द्र प्रमुख गोष्ठीको उद्धेश्यबारे प्रकाश पार्दै विभिन्न समुहमा रहेका सदस्यलाई बित्तीय साक्षरता बारे प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा सदस्य अमृका बोहरा, गेदकुमारी कवर, सुनिता भण्डारी केसी, राधा बुढाथोकी घर्ती, कमला पुन, कमला कुमारी बुढाथोकी लगायतकाले आफ्नो बिचार राख्नुभएको थियो ।
साथै कार्यक्रममा विभिन्न समूह तथा व्यक्तिको मुल्यांकन गरि उत्कृष्ट छनोट गरिएको थियो । जसमा झिम्पे मिलनचोक महिला समूह पहिलो, रामचौर महिला समूह दोस्रो, डाँग्री महिला समूह तेस्रो तथा खैराबाङ महिला समूह सान्त्वनाको लागि छनोट गरिएको थियो । उत्कृष्ट ग्राहक बिधा अन्तर्गत यमुना घर्ती छनोटमा पर्नु भएको थियो । छनोट समुहमा परेका समुह, व्यक्तिलाई प्रमाणपत्र तथा नगदले सम्मान गरिएको थियो ।
शाखाको प्रगती विवरण शाखा प्रबन्धक मन्जु बिसीले प्रस्तुत गर्नु भएको थियो । लक्ष्मी लघुबित्त बितिय सस्था श्रीनगर शाखामा १ हजार ८ सय ५१ जना महिला सदस्यले बित्तिय सेवा लिईरहेको प्रबन्धक बिसीले जानकारी दिनु भयो । कर्मचारी देबीराम शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सज्जिता केसीले गर्नुभएको थियो ।