सल्यान १५, पुस ।
राप्ती लोकमार्ग अन्र्तगत दाङ–सल्यान सडक खण्ड अहिले बहसको बिषय बनेको छ । बर्षामा हिलो र हिउदँमा धुलोका कारण यात्रुहरुले सास्ती पाउदैँ आएको यस सडक अहिले सल्यानवासीको बहसको बिषय बनेको हो । सडकको ट्र्याक खुलेको चार दशक बढी हुदाँ समेत स्तरोन्नती नहुँदा यात्रुले सास्ती पाउदैँ आएको सन्दर्भमा अहिले जिल्लाका सरोकारवालाहरु यसको अल्पकालीन र दिर्घकालीन रुपमा समस्या समाधानको लागि सक्रिय बनेका छन् ।
सडकको मर्मतसम्भारको लागि बर्षेनी करोडौँ रुपैँया खर्च हुदैँ आएको भएपनि दिगो नहुदाँ नागरिकले सास्ती पाउदैँ आएका छन् । यस सडकमा गरिएको वटासिल उप्किएर जीर्ण बनेको छ । जीर्ण सडककै कारण बर्षेनी सवारीदुर्घटना बढ्दै गएका छन् भने कयौँ नागरिकले अकालमै ज्यान गुमाउदैँ आएका छन् । यस सडकको दिगो रुपमा मर्मतसम्भार र स्तरोन्नती गर्नको लागि जिल्लाका सरोकारवालाहरुले बहसको बिषय बनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय सल्यानको आयोजनामा बुधवार खलंगामा जिल्लाका सुरक्षा निकाय, राजनितिक दल, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायि सहित सरोकारवालाहरुको सर्वपक्षिय बैठकमा राप्ती लोकमार्ग अन्र्तगत दाङ–सल्यान सडकखण्डको समस्या दिगो रुपमा समाधान गर्नेगरी छलफल समेत गरिएको छ । जसमा अल्पकालीन कार्य र दिर्घकालीन कार्यको सुचि तयार पारिएको छ ।
जसमा अल्पकालीन कार्यअन्र्तगत सडक डिभिजन कार्र्यालय दाङमा सडक मर्मतसम्भार शीर्षकमा प्राप्त वजेट कार्यन्वयन गर्ने सिघ्र टेण्डर गर्ने, मर्मतसम्भारको काम समयमा नै सम्पन्न गर्ने, सडक डिभिजनले कामको गुणस्तरीयता कायम गर्न अनुगमण, निरिक्षण गर्ने, मर्मतसम्भार कार्यको सरोकारवालाहरुको टोलीले नियमित अनुगमण गर्ने, हाल निर्माणाधिन काम समयमा नै सम्पन्न गर्न ताकेता गर्ने उल्लेख गरिएको छ ।
यस्तै दिर्घकालीन कार्यमा दाङ–सल्यान सडकलाई बहुबर्षिय ठेक्कामा लैजानको लागि तयार पारिएको फायल स्वीकृतिका लागि पहल गर्ने, यस सडकको मर्मतसम्भार तथा स्तरोन्नीको माग गर्दै काठमाण्डौँमा डेलिगेशन लिएर जाने, रोल्पाबाट सिमेन्टको ओभरलोड सामाग्री बोक्ने टिप्परकै कारण कपुरकोट–चोरखोला सडक जीर्ण बनेको भन्दै ती टिप्परको लागि वैकल्पिक मार्गको लागि पहल गर्ने उल्लेख गरिएको छ ।
बैठकमा बोल्दै कर्णाली प्रदेश सरकारका पुर्वअर्थमन्त्री प्रकाश ज्वालाले जिल्लाको कपुरकोट देखी खौला सम्मको सडक मर्मतसम्भारको लागि २३ करोड ३० लाख रुपैँया प्राप्त भएको बताउनुभएको छ । यसबाट मर्मतसम्भारको काम दिगो हुनेगरि तोकिएको समयमा नै कार्य सम्पन्न गर्न सडक डिभिजन कार्यालयलाई उहाँले आग्रह गर्नुभयो । उहाँले यस सडकको समस्या दिगो रुपमा समाधान हुनेगरि बहुबर्षिय ठेक्का प्रक्रियामा लैजानको लागि फायल तयार भएर भौतिक पुर्वाधार मन्त्रालयमा पुगेको र स्वीकृतिका लागि पहल भैरहेको बताउनुभयो ।
यस्तै जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले यस सडकको दिगो रुपमा समस्या समाधानको लागि सबै एकजुट भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । यो वा त्यो बहानामा जीर्ण सडकको स्तरोन्नतीको लागि कोही पनि पन्छिन नहुने भन्दै उहाँले सबैसँगको सहकार्यलाई अगाडी बढाएर अगाडी बढ्नुपर्ने बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले काममा गुणस्तरीयता नहुदाँ टिकाउ कम हुने भएकाले सडक डिभिजन कार्यालयले अनुगमण, निरिक्षणलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
सडक डिभिजन कार्यालय दाङका प्रमुख राम पुकार जैसवालले यस सडकको मर्मतसम्भार सँगै दिगोपनाका लागि आफुले सक्दो पहल गर्ने बताउनुभएको छ । अहिले प्राप्त वजेटलाई छिटो कार्यन्वयनमा लगेर तोकिएको समयमा नै काम सम्पन्न गर्न आफु प्रयत्नशिल रहेको भनाइ छ ।