समाजवादको लक्ष्य प्राप्तीको लागि अघि बढेका छौँ : ज्वाला

सल्यान १५, पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले आफ्नो पार्टी समाजवादको लक्ष्य प्राप्तिको लागि अगाडि बढेको बताउनुभएको छ । बिहीबार नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु सल्यानको जिल्ला भेला तथा कमिटी घोषणा कार्यक्रमलाई श्रीनगरमा सम्बोदन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पार्टीका कर्णाली प्रदेश इन्चार्ज समेत रहनुभएका ज्वालाले पार्टीको कलम चिन्ह बौद्धिकता र विवेकको प्रतिक भएकोले समाजवादको लक्ष्य प्राप्त गर्नको लागि अगाडी बढेको र सोही अनुसार समाजबादको खाका तयार पार्दै गरेको बताउनुभयो । पार्टीको भातृसंगठन बलियो भएमात्रै सिंगो पार्टी बलियो हुने भएकाले सोही अनुसारका गतिविधि सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । शिक्षा बैज्ञानिक र व्यवहारिक हुनुपर्ने बताउदैँ उहाँले देशमा भएका आमशैक्षिक आन्दोलनको नेतृत्व अनेरास्ववियुले गरेको बताउनुभयो ।

यस्तै अनेरास्ववियुका केन्द्रिय महासचिव आरती लामाले लामो संघर्षपछि देशमा आमुल परिवर्तन आएपनि जनताका र विद्यार्थीका जनजीविकाका सवालहरुमा परिवर्तन आउन नसकेको बताउनुभयो । सबैले निशुल्क शिक्षाको माग गरिरहेको भएपनि चाहेको जस्तो शिक्षा पाउन नसकेको उहाँको बताउनुभयो । राजनीतिमा देखिएको फोहोरी खेललाई बाहिर निकाल्नको लागि पनि राजनीतिमा युवाको आवश्यकता देखापरेको उहाँको भनाइ छ ।

कार्यक्रममा पार्टीका राष्ट्रिय परिषद सदस्य, प्रदेश कमिटी सदस्य तथा छत्रेश्वरी गाउँ कमिटी इन्चार्ज हरी केसी, पार्टीका प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिब रमेश गौतम, अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा जिल्ला कमिटी सदस्य तिलक नेपाली, जिल्ला कमिटी सदस्य तथा सिद्ध कुमाख गाउ कमिटी सचिब लोक बहादुर बिक, जिल्ला कमिटी सदस्य तथा सिद्ध कुमाख गाउ कमिटी सहइन्चार्ज मनबिर बस्नेतले बोल्नुभएको थियो ।

यस्तै युवा संघका स्थायी कमिटी सदस्य तथा दाङ जिल्ला अध्यक्ष प्रेम बुढा, युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य ओमकार ओली, अनेरास्ववियुका केन्द्रिय सदस्य द्रोण यरी, कृष्ण ओली, समाजवादी निकट अनेमासंघका जिल्ला सचिब शान्ता नेपाली, समाजवादी प्रेस संगठन नेपाल, सल्यानका अध्यक्ष बुद्धि पुन लगाएतकाले बोल्नुभएको थियो ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष निरज सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सुरेश भारतीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन प्रकाश नेपालीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस