नेपाल निजामती कर्मचारी युनियन सल्यानको आठौँ जिल्ला अधिबेशन शुरु

सल्यान १७, पुस ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिती सल्यानको आठौँ जिल्ला अधिबेशन खलंगामा शुरु भएको छ । जिल्ला अधिबेशनको उद्घाटन सत्र शनिवार दिउसो खलंगामा सम्पन्न भएको हो । जिल्ला अध्यक्ष लिलाधर बबालको अध्यक्षता एवम् नेपाली काँग्रेसका कर्णाली प्रदेश सहमहामन्त्री एकराज डाँगीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा काँग्रेस जिल्ला सभापती केश बहादुर बिष्ट, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय बरिष्ट उपाध्यक्ष उत्तम कटुवाल, कर्णाली अध्यक्ष एवम् केन्द्रिय उपाध्यक्ष नृपजंग शाही, केन्द्रिय सचिव गणेश भण्डारी, नेपाली काँग्रेसका पुर्वकेन्द्रिय सदस्य डिल्लीराज रेग्मी, पार्टीका जिल्ला सचिवद्धय प्रकाश भण्डारी र एकराज बुढाथोकीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यस्तै पार्टीका क्षेत्रिय सभापति एवम् शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, नगर उपप्रमुख सावित्रा बस्नेत, ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष बिर बहादुर सेवजाल, आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष बिरेन्द्र हमाल, नेविसंघका उपाध्यक्ष प्रेम नारायण बिक लगाएतले बोल्नुभएको थियो । जिल्ला उपाध्यक्ष लोकेन्द्र डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव महेन्द्र बस्नेतले गर्नुभएको थियो । अधिबेशनबाट नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस