एकीकृत समाजवादीद्धारा कर्णालीबाट राष्ट्रियसभाका लागि १६ जनाको सिफारिस

सल्यान १८, पुस ।
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि कर्णालीबाट नेकपा एकीकृत समाजवादीले उम्मेदवार टुङ्गो लगाएको छ । एकीकृत समाजवादीका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि यस पार्टीले कर्णाली प्रदेशबाट १६ जनाको नाम सिफारिस गरेको हो । जसअनुसार, पुरुष तर्फ नौ जना र महिलातर्फ सात जनालाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो ।

पुरुषतर्फ, उदय बोहरा सल्यान, कृष्णबहादुर बुढा क्षेत्री जाजरकोट, टेकबहादुर खाँण दैलेख, देविलाल थापा जुम्ला, बरुनाथ योगी दैलेख, लोकबहादुर हमाल हुम्ला, शिवप्रसाद उपाध्याय सुर्खेत, शेरबहादुर केसी रुकुमपश्चि, हंशबहादुर शाही डोल्पाबाट सिफारिस गरेको छ ।

यस्तै महिलातर्फ, अछामपुरा मल्ल भाम मुगु, कल्याणी खड्का रुकुमपश्चिम, कृष्णकला पाण्डे कालिकोट, रिता रावल जाजरकोट, लक्ष्मी शर्मा सुर्खेत, शान्ता शाही जुम्ला, सारदा परियार सल्यानबाट सिफारिस गरेको हो । राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि आगामी माघ १२ गते निर्वाचन हुँदै छ ।

 

 

प्रतिक्रिया दिनुहोस