पुष्पलाल स्मृति प्रतिष्ठान कर्णालीको अध्यक्षमा बिक, महासचिवमा गौतम

सल्यान २१, पुस ।
पुष्पलाल स्मृति प्रतिष्ठान कर्णाली प्रदेशको अध्यक्षमा बसन्त कुमार बिक चयन हुनुभएको छ । सुर्खेतको बिरेन्द्र नगरमा सम्पन्न भेलाले सुर्खेतका बिकको अध्यक्षतामा नयाँ प्रदेश कार्य समिती चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा धर्म वहादुर शाही (मुगु), उपाध्यक्ष मायाराम अधिकारी (दैलेख), महासचिव रमेशकुमार गौतम (सल्यान), सचिव सुरज परियार (रूकुम पश्चिम), कोषाध्यक्ष विमला थापा (सुर्खेत) रहनुभएको छ ।

यस्तै सदस्यहरूमा गणेश वहादुर शाही (डोल्पा), आदिप्रशाद न्यौपाने (जुम्ला), छक्क वहादुर धरला (डोल्पा), कमान खडका (जाजरकोट), रविन्द्र वहादुर शाही (कालिकोट) देउकली थापा मगर (सुर्खेत) र पवित्रा देवकोटा (हुम्ला) रहनुभएको छ । यस्तै चन्द्र वहादुर शाही, देवी ओली र शिव प्रशाद उपाध्याय सल्लाहकार समितिमा चयन हुनुभएको छ ।

भेलापछी आयोजित पहिलो वैठकले माघ पहिलो साता सम्म दश वटै जिल्लामा समिति निर्माण गर्ने, वैक खाता खोल्ने लगाएतका निर्णयहरू गरेको महासचिव गौतमले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस