नेकपा एमाले सल्यानको नवौँ जिल्ला अधिबेशन शुरु

सल्यान २३, पुस ।
नेकपा एमाले सल्यानको नवौँ जिल्ला अधिबेशन अन्र्तगत उद्घाटन सत्र सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम खलंगा स्थित टुडिखेलमा जिल्ला अधिबेशनको उद्घाटन सत्र आज सम्पन्न भएको हो । पार्टीका जिल्ला अध्यक्ष गोबिन्द पुनको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पार्टीका पोलिटव्युरो सदस्य गुलावजंग शाहको प्रमुख आतिथ्यता रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै शाहले नेपालको शक्ति र जनता केपि ओलीमा रहेको दावी गर्नुभएको छ । देशमा भएका हरेक बिकास र समृद्धि एमालेको पालामा भएको बताउदैँ उहाँले आगामी दिनमा हुने हरेक चुनावमा एमाले एक्लै लड्ने उद्घोष गर्नुभयो । पार्टीलाई एकजुट र मजबुद वनाउदैँ लैजाने अहिलेको मुख्य कार्यभार भएको उहाँको भनाइ छ ।

 

कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य लोक बहादुर डाँगी, मनोज प्रधान र तिलक मल्लले बोल्नुभएको थियो । पार्टीका उपाध्यक्ष भिम बहादुर सेनको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन पार्टीका उपसचिव दान बहादुर केसीले गर्नुभएको थियो । एमालेको जिल्ला अधिबेशन अन्र्तगत भोली बन्द सत्र सञ्चालन हुने छ ।

 

 

प्रतिक्रिया दिनुहोस