एकीकृत समाजवादीप्रति नागरिकहरु उत्साहित छन् : ज्वाला

सल्यान २४, पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय उपमहासचिव प्रकाश ज्वालाले एकीकृत समाजवादीप्रति नागरिकहरु उत्साहित भएको बताउनुभएको छ । पार्टीको निति, बिधि, सिद्धान्त र भबिस्य उज्ज्वल देखेर नै नेताकार्यकर्ताहरुको पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढेको उहाँले बताउनुभएको हो । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानको प्रथम जिल्ला अधिबेशनको शनिवार सल्यानको श्रीनगरमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सल्यानमा केपी ओली पक्षको राजनीति असफल भैसकेको उहाँको भनाइ छ । पार्टीका कर्णाली प्रदेश इन्चार्ज समेत रहनु भएका ज्वालाले निति, बिधि, बिचार र सिद्धान्त नभएको केपी पार्टीको भबिस्य अन्धकार भएकाले त्यहाँ रहेका कार्यकर्तालाइ पनि उकुसमुकुस भैसकेको बताउनुभयो ।


कार्यक्रममा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य रिता बस्नेत, पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष उदय बोहरा, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश उपाध्यक्ष शिखर यरी, राष्ट्रिय परिषद सदस्य हरि केसी, केन्द्रिय लेखा आयोगका सदस्य राज बहादुर बुढाथोकी, केन्द्रिय निर्वाचन आयोगका सदस्य ईन्द्र कुमार शर्मा, पार्टी सचिब रमेश गौतम लगाएतले बोल्नुभएको थियो ।

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानका अध्यक्ष चक्रपाणी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा लालमणी दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन बिक्रम बोहराले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस