सल्यान २५, पुस ।
लेखपोखरा साना किसान कृषि सहकारी संस्था लिमिटेडको छैटौँ साधारणसभा सम्पन्न भएको छ । शनिवार छत्रेश्वरी गाउँपालिकाको लेखपोखरामा साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष मिना कुमारी पुन वलीको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश सहकारी संघका अध्यक्ष शेर बहादुर परियार, छत्रेश्वरी गाउँपालिका ५ का वडाअध्यक्ष लिलाधर घर्ती, साना किसान कृषि सहकारी संस्था कपुरकोटका संस्था प्रवन्धक जीत प्रसाद आचार्य लगाएतकाले बोल्नुभएको थियो ।
सो अवशरमा यस सहकारीमा ६२ वटा समुह र ५ सय ६२ सदस्य रहेको जानकारी दिइएको थियो । यस्तै संस्थामा शेयर रकम ७ लाख ७० हजार ५ सय, निक्षेप रकम ६५ लाख ९७ हजार ४ सय ५२, ऋण लगानी १ करोड ३ लाख ६४ हजार, आम्दानी रकम ११ लाख ८८ हजार ३ सय ९५ रुपैया रहेको जनाइएको छ । यस्तै खर्च रकम १० लाख २० हजार ४ सय ९४ रुपैया, नाफा रकम १ लाख ६७ हजार ९ सय ४ रुपैया र जगेडा कोष रकम रु .५ लाख ६६ हजार ९ सय ५५ रुपैया रहेको बताइएको छ ।
संस्थाका उपाध्यक्ष सीता वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रबन्धक धन बहादुर परियारले गर्नुभएको थियो ।