सल्यान २५, पुस ।
प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानको अध्यक्षमा गोबर्धन रेउले निर्वाचित हुनुभएको छ । शनिवार जिल्लाको श्रीनगरमा सम्पन्न प्रथम भेलाले रेउलेको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कार्य समिती चयन गरिएको हो । जसको उपाध्यक्षमा ज्ञान प्रकाश शर्मा र दिपा वली, सचिवमा विक्रम वोहरा, सहसचिवमा हर्क वहादुर रेउले र कोषाध्यक्षमा लक्ष्मी महतरा चयन हुनुभएको छ । यस्तै केन्द्रीय प्रतिनिधिमा शान्ती केसी र गंगा गिरी निर्वाचित हुनुभएको छ ।