नेकपा (एकीकृत समाजवादी) छत्रेश्वरीद्धारा लान्तीमा पार्टी कार्यालय स्थापना

सल्यान २५, पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानको छत्रेश्वरी गाउँ कमिटीको पार्टी कार्यालय स्थापना गरिएको छ । आइतवार छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ को लान्तिवजारमा पार्टी कार्यालय स्थापना गरिएको हो । पार्टी कार्यालयको पार्टीका प्रदेश कमिटी सदस्य तथा छत्रेश्वरी गाउँ कमिटी इन्चार्ज हरी केसीले उद्घाटन गनुभएको छ ।

पार्टी कार्यालयको उद्घाटन गर्दै केसीले एकीकृत समाजवादी पार्टी जनताको प्रिय पार्टी भएको बताउनुभएको छ । पार्टीको निति, बिधि, बिचार र सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडी बढ्ने नेताकार्यकर्ताहरुको संख्या बढ्दै गएको बताउदैँ उहाँले यो पार्टी नै जनताको प्रिय पार्टी भएको बताउनुभएको हो ।

संविधान र कानुनलाइ हातमा लिएर देशमा अस्थिरता चाहाने केपि ओलीको असंबैधानिक कदमका बिरुद्धमा उत्रन सबै कार्यकर्ताहरुलाई उहाँले आग्रह गर्नुभयो । केही झुण्ड मात्रै केपिमा भएकाले सच्चा कम्यनिष्टहरुलाई समाजवादको यात्रामा सामेल हुन आग्रह गर्नुभयो । अबको निर्वाचनमा एकीकृत समाजवादी ठुलो शक्तिका रुपमा स्थापित हुने उहाँको भनाइ छ ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य शारदा परियार, केन्द्रिय लेखा आयोगका सदस्य राज बहादुर बुढाथोकी, जिल्ला कमिटी सदस्य लिलाधर घर्ती, हिरा चन्द, यादकर दाहाल, प्रेम केसी लगाएतको उपस्थिती रहेको थियो । गाउँ कमिटीका अध्यक्ष गोविन्द केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रेमन्त डिसीले गर्नुभएको थियो ।

यस्तै बिभिन्न बिभागहरुको कार्यविभाजन समेत गरिएको छ । जसअन्तर्गत संगठन बिभाग प्रमुख गोबिन्द केसी, आर्थिक बिभाग र युवा बिभाग प्रमुख रेमन्त डिसी, प्रचार बिभाग प्रमुख केशर केसी, स्कुल बिभाग प्रमुख तेजराज चन्द, सहकारी बिभाग प्रमुख प्रेम भण्डारी, साँस्कृतिक बिभाग प्रमुख यादकर दाहाल, आदीवासी जनजाती फाँट इन्चार्ज याम बहादुर पुन, महिला फाँट इन्चार्जमा हिरा चन्द, उत्पिडित जाती मुक्तिसमाजको इन्चार्जमा शेर बहादुर बिक, मजदुर फाँट इन्चार्जमा यज्ञ बहादुर केसी र कार्यालय फाँट इन्चार्जमा शरद कुमार श्रेष्ठ रहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस