सल्यान २५, पुस ।
कोभिड १९ को अवस्थामा उत्पादन तथा प्रशारण भएको रेडियो स्कुल कार्यक्रमको समिक्षा गरिएको छ । आइतबार जिल्लाको श्रीनगरमा रेडियो स्कुल कार्यक्रमको समिक्षा गरिएको हो । कोरोनाको पहिलो र दोस्रो लहरको बेला बालबालिकाहरुको पढाइलाइ निरंतरता दिनको लागि यो कार्यक्रम संचालन गरिएको थियो । यस कार्यक्रमबाट करिब ३५ हजार घरधुरी लाभान्वित भएका छन् भने हजारौं बालबालिकाहरु सहभागी भएका छन् ।
रेडियो राप्तीको संचालक संस्था शारदा मिडिया संगमका अध्यक्ष रमेश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा दलित बिकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपाली, छत्रेश्वरी गाउपालिकाको शिक्षा अधिकृत केशर बहादुर वली, डिडिएसका कार्यकारी निर्देशक दुर्गा पुन, रुम टु रिडका कार्यक्रम सहायक तपेन्द्र वली, रेडियो तहल्काका स्टेशन म्यानेजर डिल्लीराज रावत लगाएतकाले बोल्नुभएको थियो ।
सो अवशरमा रेडियो स्कुल कार्यक्रमलाइ संचालन गर्न सहयोग गर्ने शिक्षक, विद्यार्थी लगाएतकालाइ प्रशंसापत्र प्रदान गरिएको थियो । दलित बिकास समाजका टेकराज शाहीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन शिब डाँगीले गर्नुभएको थियो ।
रुम टु रिडको सहयोग, दलित बिकास समाज सल्यानको ब्यवस्थापन, शिक्षा बिकास तथा समन्वय इकाइ सल्यानको समन्वय र रेडियो राप्ती एफ एम सल्यानको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।