सल्यान २८, पुस ।
दोस्रो बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयन सम्बन्धि बागचौरमा अभिमुखिकरण गरिएको छ । स्वास्थ, सुखी र समृद्ध परिवार, हाम्रो सरोकार, प्रभावकारी बहुक्षेत्रीय पोषण सेवा, जनताको अधिकार भन्ने मुल नाराका साथ बहुक्षेत्रीय पोषण योजना, दोस्रो बहुक्षेत्री पोषण कार्यक्रम कार्यान्वयन सम्बन्धि बागचौर नगरपालिका स्तरीय अभिमुखिकरण कार्यक्रम बागचौर नगरपालिकामा सम्पन्न भएको हो ।
बागचौर नगरपालिकाका उपप्रमुख कल्पना पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले राख्नुभएको थियो । कार्यक्रममा युनिसेफ पोषण अधिकृत विन्दु पन्ती, कर्णाली प्रदेश बहुक्षेत्रीय पोषण योजना आयोग समन्वयकर्ता मान बहादुर कँवर, सुहारा कर्णाली प्रदेश संयोजक निरज के.सी ले पोषण सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बागचौर नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बागचौर नगरपालिका बहुक्षेत्रीय पोषण योजना सल्यानको आयोजनामा भएको कार्यक्रमको संचालन बागचौर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि कठायतले गर्नुभएको थियो ।