नेपाली बाटो..

00

समाजवाद आउने
मागेको सबै पाउने

सबै जोडी ढुकुरहरु मालामाल हुने
कसैलाई भने पद फालाफाल हुने
फेरि कसैको भने बुरिहाल हुने
पि. घर्ती र आर. तामाङ जन्माउने

00

आहा समाजवाद आउने
मागेको र रोजेको सबै पाउने

आहा कति भाग्यमानी कोही कोही
जोई उपसभामुख राष्ट्रिय सभामा पोई
पार्टी र सरकारका उच्च आहदामा पनि दुबै
आहा नेपाली बाटो राम्रो रहेछ नि खुबै

00

कठै समाजवाद आउने
सबै आफैं घिच्न पाउने

अरु जतासुकै जाउन, आफ्ना सबै अटाउने
छोरी, बुहारी, भाइ, भतिजा, जुवाइँ नछुटाउने
ढुंगो बोल्ला तर ऊ भने बोली नफुटाउने
आफूलाई भैगो भने किन टाउको नदुखाउने

00

समाजवाद आइसकेछ
किनकि उसले सबै पाइसकेछ ।।

00

चेतन गिरी,
अखिल क्रान्तिकारी सल्यानका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस