ज्वालाको पहलमा झोलुंगे पुल निर्माण : सास्ती खेप्दै आएका गाउँलेहरु खुसी

 

सल्यान २८, पुस ।
सल्यानको बनगाड कुपिण्डे १ बनगाड खोलामा खारखेत मुहान माल्पे, खरेखोला जिउला जोड्ने झुलुङ्गे पुल उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले बुधवार पुलको उद्घाटन गर्नुभएको हो ।

पुलको उद्घाटन गर्दै ज्वालाले विकासमा राजनीतिक साझेदारी हुनुपर्नेमा जोड दिनुभयो । यसक्षेत्रको सांसद नभएपनि अर्थमन्त्री हुदा ज्वालाले सल्यान पश्चिमका थुप्रै विकास निर्माण क्षेत्रमा वजेट विनियोजन गर्नुभएको थियो । विकासमा सहयोग, साझेदारी र अपन्वत्व हुनुपर्नेमा ज्वालाको जोड छ ।

पुल उद्घाटन कार्यक्रम नगरप्रमुख गोविन्द कुमार पुनले स्थानीयस्तरमा हुने विकास निर्माणकार्यमा दिगोपन हुनुपर्ने त्यसको लागि उपभोक्ता सजग हुनुपर्ने धारणा राख्नुभयो । पुल सञ्चालनमा आएसँगै ४ सय २० घरधुरीका करिब २ हजार बढी जनसङ्ख्या लाभान्वित भएका छन् ।

पूर्वाधार विकास कार्यालय सल्यानको करिब ६६ लाख, स्थानीय निर्माण सामग्री १ लाख ४७ हजार र सामाजिक तथा प्राविधिक सहयोगका लागि गैर सरकारी संस्था शारदाको तर्फबाट ६ लाख १९ हजार गरी ७३ लाख ७९ हजार ५ सय ४९ रुपैयाँको लागतमा पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष डम्बर साहुले जानकारी दिनुभयो ।

कोभिडको बिचमा सामग्री अभावले निर्माण कार्यमा निकै सकस भएको भएतापनि पुल समयमै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख विनोद पुनको भनाइ छ । एक सय मिटर लम्बाइ रहेको पुलको २०७६ माघमा सम्झौता भएको थियो ।

वजारबाट पैदल हिड्डुल गर्ने खेतीपातीमा कामकाजमा हिड्ने कृषक, पशुचौपाय बनगाड खोलामा वर्षातमा पानीको सतह वढेपछि आवतजावत गर्न कठिनाइ हुने गर्दथ्यो । खोला वढेपछि आवतजावतमा समस्या हुदैँ आएको थियो । झुलुंगे पुल वनेसँगै यसले सहजता थपेको भन्दै स्थानिय खुसी बनेका छन् ।कार्यक्रममा वडा अध्यक्ष शान्त कुमार यरि, नेकपा एकीकृत समाजवादिका नगर इन्चार्ज गणेश विसी, नगर अध्यक्ष रविराज शर्मा, टोपवहादुर विष्ट, राप्रपाका क्षेत्रिय अध्यक्ष शिव वली लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस