प्रमुख जिल्ला अधिकारी आचार्य र पत्रकारहरुबिच परिचयात्मक कार्यक्रम सम्पन्न

सल्यान २९, पुस ।
सल्यानका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य र जिल्लाका पत्रकारहरुबिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा भर्खरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी आचार्य र जिल्लामा क्रियाशिल पत्रकारहरुका बिचमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । सो अवशरमा जिल्लाको पत्रकारिता र सञ्चार माध्यमको अवस्था, शान्तिसुरक्षा, आमनागरिकका सवाल लगाएतका बिभिन्न बिषयहरुमा पत्रकारहरुले जानकारी दिएका थिए ।

यस्तै प्रमुख जिल्ला अधिकारी आचार्यले सल्यान रहदाँ सम्म आमनागरिकले महशुस गर्ने गरी शान्तिसुरक्षाको प्रबन्ध मिलाउने बताउनुभएको छ । परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेल, सल्लाहकार मिना बुढाथोकी लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस