सल्यान २९, पुस ।
सल्यानको त्रिबेणी गाउँपालिकामा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितीको बैठक सम्पन्न भएको छ । बिहीबार समितीका अध्यक्ष एवम्ं गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा सुआहारा कार्यक्रमका बरिष्ठ प्राबिधिक संयोजक निरज केसीले पोषणको महत्व, आवश्यकता, मानब जीवनमा अधिक र न्यून पोषणको प्रभाब, स्वस्थ रहनको लागी दैनिक आबश्यक पर्ने पोषणको मात्रा लगाएका बिषयमा प्रकाश पार्नुभएको थियो । यस्तै स्वास्थ, सुखी र समृद्ध परिवार, हाम्रो सरोकार, प्रभावकारी बहुक्षेत्रीय पोषण सेवा, जनताको अधिकार भन्ने नारालाई पुरा गर्ने उद्देश्यले चालु आर्थिक बर्ष २०७८/०७९ का लागी बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पालिकामा प्राप्त स्वीकृत बजेटलाई कार्यक्रमको मार्गदर्शन अनुसार सबै बिषयगत शाखाहरुलाई बिनियोजन गरिएको थियो ।
बैठकमा गाउँपालिका उपाध्यक्ष एवम्ं समितीका उपाध्यक्ष करुणा खड्का, सदस्य सचिब प्रमुख प्रशासकिय अधिकृत बसुन्धरा पुन लगाएतको सहभागिता रहेको थियो । उक्त बैठकको अवसरमा दलित बिकास समाज सल्यान सुआहारा कार्यक्रमको प्राबिधिक सहयोगमा २०७६ माघ ७ र ८ गते सम्पन्न पालिका स्तरिय एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितता कार्यशाला गोष्ठीको अवसरमा तयार गरिएका प्रतिबद्धताहरुको कार्यान्वयनको अवस्थाको वारेमा समिक्षा गरीएको थियो ।
समिक्षाको क्रममा पालिका अन्तर्गत सबै विषयगत शाखाका प्रमुखहरुले आ–आफ्नो शाखाबाट सम्पन्न गरिएका क्रियाकलापहरुको प्रस्तुतिकरण गर्नु भएको थियो भने दलित बिकास समाज सल्यान सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बहादुर बुढाथोकीले सबै बिषयगत शाखाहरु अन्र्तगत अघिल्लो आर्थिक बर्ष र चालु आर्थिक बर्षको बार्षिक कार्यक्रम तथा वजेटमा समाबेश भएका क्रियाकलापहरु र प्रतिबद्धता बिच तुलना गरि प्रस्तुतिकरण गर्नु भएको थियो । जस अनुसार जम्मा प्रतिवद्धताको ६० प्रतिशत प्रतिवद्धताहरुको नीति तथा कार्यक्रममा सम्बोधन भएको पाइएको छ ।
सो अबशरमा बोल्दै समितीका अध्यक्ष तथा पालिका अध्यक्ष मान बहादर डाँगीले पोषण सुधारको लागी असल व्यवहार र आनीबानी परिबर्तनको महत्व रहेको बताउदै गाउपालिकाका सबै जिम्मेवार व्यक्ति तथा संरचनाहरुको बराबर भुमिका हुने बताउनुभयो । बैठकको सहजीकरण स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले गर्नु भएको थियो ।