सल्यानका तीन सय ३४ जनाले लगाए कोरोना बिरुद्धको बुस्टर डोज

 

सल्यान ७, माघ ।
सल्यानका तीन सय ३४ कोरोना भाइरस बिरुद्धको बुस्टर डोज लगाएका छन् । कोरोना भाइरस रोकथाम तथा न्युनिकरणको लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार गरेर तीन सय ३४ जनाले खोप लगाएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालयमा रहेको खोप केन्द्रमा गरेर एकैदिन तीन सय ३४ जनाले बुस्टर डोज लगाएका हुन् । यसअघि कोरोना भाइरस बिरुद्धको कोभिशिल्ड खोपको पहिलो र दोस्रो मात्रा लगाएका अग्रपंक्तिमा खटिनेहरुले खोप लगाउन थालेका हुन् ।

कोभिशिल्डको दोस्रो मात्रा लगाएको ६ महिना पछि बुस्टर डोज लगाउन स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयले आग्रह गरेको छ । जिल्लामा कोभिशिल्ड मात्रै प्राप्त भएकाले सोही खोपको बुस्टर डोज लगाउन थालिएको हो । बुस्टर डोज शुक्रवारपनि दिइने भएको छ । स्वास्थ्य सेवा कार्यालयले कोरोना भाइरस बिरुद्धको खोप लगाउन छुटेका सबै नागरिकहरुलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरेर खोप लगाउन आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस