चिसो मौसममा सुन्दर गाउँले परिवेश [ फोटो फिचर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान ८, माघ !
सल्यानमा केहीदिन यता चिसो ह्वात्तै बढेको छ । आकाशलाई बादलले ढप्पक ढाकेको छ । चोसो मौसमा शरीर न्यानो बनाउन कोहि घरभित्रै बसेर आगो तापिरहेछन् । कोही चिसो मौसमका बाबुजुत पनि खेतबारीको काममा व्यस्त छन् । सुन्तलाका बोटमा सुन्तला पाकेर पहेलपुर भएका छन् । कोही खर काट्ने काममा व्यस्त छन् । गाउँघरका खेतबारीहरुमा लगाएका गहुँ हरिया भएका छन् । गाउँघरका घर छेवैमा बालेको आगोको धुवा आकाश भरि छरपस्ट देखिन्छ। केटाकेटीहरु आफ्नै सुरमा खेल्दैछन् । यी सबै कुराहरुलाई नियाल्दा यसले साच्चिकै गाउँले परिवेशको झझल्को दिन्छ ।

हेर्नुहोस् सल्यानको बागचौर नगरपालिका भित्रका वडा नं. १ कालाखेत क्षेत्र, वडा नं. २ बागचौर क्षेत्र, वडा नं. ७ कोटबारा क्षेत्र, वडा नं. ८ कोटमौला क्षेत्र, वडा नं. १० पिपलनेटा क्षेत्रमा कैद गरिएका २५ मनमोहक तस्वीरहरु ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस