सुन्दरताको प्रतिक सल्यानको कुपिण्डे ताल : फोटो फिचर

“सल्यान चिनाउने हाम्रो अभियान”

 

सल्यान १५, माघ ।
सल्यान जिल्ला संघीय गणतन्त्र नेपालको कर्णाली प्रदेशमा पर्ने जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्रा हो सल्यान । प्राकृतिक, धार्मिक, एवं सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । जसमध्ये जिल्लाकै महत्वपुर्ण पर्यटकीय स्थल कुपिण्डे ताल हो । जसलाई कर्णाली प्रदेशमा मिनी रारा भनेर पनि चिन्ने गरिन्छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा पर्ने पर्यटकिय स्थल कुपिण्डे तालमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको अवस्थालाई केलाउने हो भने २०७७ सालमा यो ठाउँ जिल्लामै सबैभन्दा धेरै पर्यटक आउने पहिलो पर्यटकिय स्थल बन्यो । वर्षा, हिउँद र गर्मी याममा मौसामपिच्चे यो तालले परापुर्वकाल देखि वर्षमा ३ वटा रङ्ग बदल्ने विश्वास गरिन्छ ।

डुंगा सयर, पुजाआजा, तालले रंग बदल्ने, कहिल्यै धमिलो नहुने र जंगलको बिचमा भएर पनि तालमा रुखका पात नहुनुनै यो तालको प्रमुख विशेषता हुन । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पुर्वी उत्तरी भागमा रहेको कुपिण्डे पुग्न छिन्चु, मेलकुना हुँदै सल्यानको बालुवासंग्रही आएर खलंगा आउने पुर्वी भागको उकालो सडक हिड्नुपर्छ । साविकको राप्ती अन्चलको तुलसीपुरबाट राप्ती राजमार्ग हुँदै सल्यानको प्रमुख व्यापारीक केन्द्र श्रीनगरबाट खलंगा, जयतपानी हुँदै पनि यो ताल पुग्न सकिन्छ ।

केही वर्ष पहिले तालको गहिराई नापेको सेफोक्सुन्डो मिडिया प्रालिले कुपिन्डे तालको गहिराइ ६९ मिटर, लम्बाइ १ हजार २ सय मिटर र चौडाइ ३ सय ५० मिटर रहेको उल्लेख गरेको थियो । पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण तर प्रयोग र प्रचारको हिसाबले ओझेलमा परेको कुपिण्डे तालमा बर्सेनि करोडौं रुपैया विनियोजन हुन्छ । तर यसको उचित संरक्षण र सम्र्बद्धन भने हुन सकेको छैन ।

कोरोना भाइरस प्रकोप नआउँदै दैनिक १ सय देखि ५ सय सम्म पर्यटकहरु घुम्न आउने यो ताल अहिले सुनसान जस्तै बनेको छ । पर्यटकहरु घुम्न आउदा प्राय खाली नहुने करिब २० वटा डुंगाहरु अहिले ताल नजिकै थन्किएका छन् ।

हेर्नुहोस् विभिन्न एङ्गलबाट कैद गरिएका सल्यानको कुपिण्डे तालका ३० मनमोहक तस्वीरहरु :

 

 

 

 

प्रतिक्रिया दिनुहोस