मिर्गौला पिडित मोहनको रकम अभावले उपचार रोकियो

सल्यान १६, माघ ।
सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नं ३ निवासी मोहन कामिको दुवै मिर्गौला फेल भएका कारण आर्थिक अभावले उपचारमा कठिनाइ भएको छ । विगत ४ वर्ष देखि उपचारका नाममा नेपाल र भारतका विभिन्न स्थानमा उपचार गराउदै आएका मोहन हाल घरायसी आर्थिक अवस्थाले उपचारमा कठिनाइ भएको छ ।
अचल सम्पत्तिका नाममा रहेको जग्गा जमिन सबै उपचारका नाममा सकियो अहिले भने परिवारलाई समेत विहान वेलुकिको घर खर्च चलाउन निकै समस्या भएको छ ।विहान वेलुका समेत खाने गासको जोहमा समस्या भएको मोहनको भनाइ रहेको छ ।दुबै मिर्गौला फेल भए पछि उपचार अभावमा अहिले काठमाडौं मोहन कामिले निकै समस्यामा परेको जनाएका छन् । उपचार गर्नका लागि उनिसँग रकम समेत नभएको छोरा राजेन्द्र विकले जनाए ।

सबै सामु उनले सहयोगको अपिल समेत गरेका छन् ।अहिलेसम्म राज्यबाट हुनुपर्ने कुनै सहयोग समेत नपाएको उनले दुखेसो पोखेका छन् ।उनको परिवारले उपचारका लागि वडा,स्थानीय तह,प्रदेश र संघिय सरकार सामु यतिखेर हारगुहार गरिरहेको छ । सहयोग गर्न चाहने सहयोगीदाताहरूले छोरा राजेन्द्र विकको लक्ष्मी बैङ्क सल्लीबजारको खाता न ०६९२०००८८५४ मा आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया दिनुहोस